हात्ती महोत्सवमा जंगली हात्ती आइपुगेपछि भयो भागाभाग « Khabarhub

हात्ती महोत्सवमा जंगली हात्ती आइपुगेपछि भयो भागाभाग


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेपछि भागाभाग भएको छ । अचानक हात्ती आइपुगेपछि आयोजक र सहभागीहरू भागाभाग भएका हुन् ।

महोत्सवको अन्तिम दिन सोमबार महोत्सवस्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा हात्ती महोत्सव समापन चलिरहँदा जंगली हात्ती आएको हो ।

अहिले कार्यक्रमस्थलबाट हात्ती धपाउने प्रयास भइरहेको आयोजकले बताएका छन्  तर जंगली हात्ती फर्कीफर्की आइरहँदा आयोजक र कार्यक्रमका पाहुना तनावमा परेका छन् ।

अहिले त्यहाँ नेपाली सेना पनि तैनाथ छ । समापन समारोहमा जंगली हात्ती प्रवेश गरेपछि महोत्सवका पुरस्कार वितरण कार्यक्रम स्थगित भएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ३१ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको