‘शेरा दरबारको जग्गा पार्टी छाडेकाले कब्जा गरे, माओवादीलाई नजोड्नू’ « Khabarhub

‘शेरा दरबारको जग्गा पार्टी छाडेकाले कब्जा गरे, माओवादीलाई नजोड्नू’


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गासँग आफूलाई जोडिएको प्रति आपत्ति जनाएका छन् ।

झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ,’ प्रचण्डले भने, ‘शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो साथ रहने छ । अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन ।’

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अधिकारीहरूलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू,’ उनले भने, ‘अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : १५ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन