‘शेरा दरबारको जग्गा पार्टी छाडेकाले कब्जा गरे, माओवादीलाई नजोड्नू’ « Khabarhub

‘शेरा दरबारको जग्गा पार्टी छाडेकाले कब्जा गरे, माओवादीलाई नजोड्नू’


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गासँग आफूलाई जोडिएको प्रति आपत्ति जनाएका छन् ।

झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ,’ प्रचण्डले भने, ‘शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो साथ रहने छ । अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन ।’

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अधिकारीहरूलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू,’ उनले भने, ‘अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : १५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण