सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबीच भेटवार्ता | Khabarhub Khabarhub

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबीच भेटवार्ता


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियाका नयाँ नेता अहमद अल–शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

रूसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो ।

सन् २०१५ मा सिरियाको गृहयुद्धको लहरलाई दबाउन सहयोग पुर्‍याउनका लागि मस्को असदको प्रमुख समर्थकमध्ये एक थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसका लागि असदको पतनलाई ठूलो झट्काका रूपमा हेरिएको छ ।

सानाले सिरियाली अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘सिरियाको नयाँ प्रशासनका नेता अहमद अल–शराले विदेशमन्त्री एन्ड्री सिबिगा नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो देशले ५०० टन गहुँको पीठोसहित पहिलो खेप सिरियामा पठाएको बताउनुभएको छ ।

युद्धको बाबजुद युक्रेन विश्वको शीर्ष गहुँ उत्पादकमध्ये एक हो।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ०० बजे

अर्थतन्त्र चौबाटोमा छ, अब चेतौँ

हामी अहिले गर्वका साथ ‘सिमेन्ट र ऊर्जा उत्पादनमा आत्मनिर्भर भयौँ’

बङ्गलादेशद्वारा राजद्रोहको आरोपमा हिन्दु भिक्षुको जमानत अस्वीकार

एजेन्सी – मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

सिरहा– लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र

भीम रावलको आरोपबारे एमालेले भन्यो : प्रचण्ड-बाबुराम र रविले दिने गालीकै निरन्तरता

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा एमालेले पार्टीबाट निकालिएका पू्वउपाध्यक्ष डा. भीम

स्थानीय तहका कर्मचारीको समस्या समाधान गरिनेछ :  मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा