मुखभित्र हालेर ब्राउन सुगर भारतबाट नेपालतिर तस्करी | Khabarhub Khabarhub

मुखभित्र हालेर ब्राउन सुगर भारतबाट नेपालतिर तस्करी


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

सुनसरी- लागुऔषध तस्करीका नयाँ नयाँ तरिका सार्वजनिक हुन थालेका छन् ।

खासगरी नेपाल-भारत सीमाक्षेत्रबाट हुने लागु औषध तस्करीका लागि युवाहरूले नयाँ नयाँ उपाय अपनाउन थालेका छन् ।

सुनसरीको दक्षिणी सीमाक्षेत्र खासगरी भोजपुर र धनकुटासहितका पहाडी जिल्लाबाट भारततर्फ गाँजा तस्करीको ट्रान्जिट नै बनेको छ ।

त्यहाँ सशस्त्र प्रहरी सीमा सुरक्षा बल र नेपाल प्रहरीले दैनिकजसो भारततर्फ लैजाने क्रममा गाँजा बरामद गर्ने गरेका छन् ।

तर सोमबार त्यही क्षेत्रमा एउटा अनौठो घटना हुन पुगेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका धनकुटाका ३२ वर्षीय शरण राईलाई प्रहरीले ब्राउन सुगर तस्करीका क्रममा पक्राउ गरेको छ।

राईलाई २.५ ग्राम ब्राउन सुगर मुखभित्र हालेर भारतबाट नेपालतर्फ ल्याएको अवस्थामा कोशी गाउँपालिका-१ मेहता टोलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

मुखमा ब्राउन सुगर हालेर ल्याइरहेका राईलाई सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओेपी) लौकाहीको टोलीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर इनरूवाले ब्राउन सुगरसहित समातिएका उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ४३ बजे

आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – काठमाडौंको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु

कृषि क्षेत्रका समस्या समाधान गर्नेगरी कानुनी सुधार गर्नुपर्छः किसान महासङ्घ

काठमाडौं – कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्नेगरी कृषिसम्बन्धी कानुनी

सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको विक्रिमा वृद्धि

साङ्घाई – चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन्

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा