पाकिस्तानमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते « Khabarhub

पाकिस्तानमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको पञ्जाबको फतेहजङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् ।

जियो न्युजले मोटरवे पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ । उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए ।

तीन महिलासहित छ जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन् ।

जियो न्युजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरबाहीका कारण भएको बताएको छ । मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् ।

गत महिना विवाहका पाहुनाहरू सहितको ‘अत्यधिक गतिमा’ गुडिरहेको बस पुलबाट सिन्धु नदीमा खस्दा गिलगिट–बाल्टिस्तानमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।

त्यसअघि सेप्टेम्बरमा बलुचिस्तानको शेरानीको दानासर क्षेत्रमा बस खाडलमा खस्दा छ जनाको मृत्यु र अन्य २० जना घाइते भएका थिए ।

शनिबारको एउटा घातक दुर्घटनामा ज्याकोबाबादको थुल क्षेत्रमा यात्रुवाहक बस खाडलमा खस्दा पाँच जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ ।

अक्टोबर २७ मा एउटा यात्रुवाहक बस खाडलमा खस्दा चार जनाको मृत्यु र २३ भन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : ५७ बजे

कांग्रेस देश सम्हाल्ने जिम्मेवार महत्त्वपूर्ण शक्ति हो : गगन थापा 

ललितपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली

गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद