अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित « Khabarhub

अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा राष्ट्रिय अपाङ्ग महासंघले पुस १२ र १३ गते बाइसौं साधारणसभाको आयोजना गरेको थियो । तर, साधारणसभामा होहल्ला र माइक खोसाखोस भयो । झण्डै आपसमा कुटाकुट नै भयो ।

संस्थाका निलम्वित अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता एवं भ्रष्टाचार गरेको भन्दै प्रतिनिधिहरुले आपत्ति जनाएपछि साधारणसभा केहीबेर रणमैदानमा परिणत भएको हो ।

अध्यक्ष आचार्यले प्रश्नहरुको प्रष्ट जवाफ नदिई आर्थिक प्रतिवेदन जबर्जस्ती पारित गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनायो ।

अन्ततः साधारणसभामा ११५ वटा बहुमत संस्थाका प्रतिनिधिहरुका तर्फबाट अध्यक्ष आचार्यलाई कारबाहीको घोषणा गर्दै उपाध्यक्ष रामबहादुर कार्कीलाई कार्यबाहक अध्यक्ष तोकेको छ ।

कार्यबाहक अध्यक्षमा निर्वाचित राम कार्की

कार्यबाहक अध्यक्ष कार्कीले आचार्यलाई हटाइएको र उनी अवैधानिक भइसकेको पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पठाएका छन् । साथै, कार्कीले शान्ति सुरक्षाको माग गर्दै गृह प्रशासनलाई समेत पत्र लेखेका छन् ।

 

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ३८ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव