सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन् । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उनले जानकारी दिए ।

लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताए ।

मन्त्री गुरुङले भने, “सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ ।”

फरक प्रसङ्गमा उनले सहकारीले सर्वसाधारणलाई ठग्ने गरेकाले त्यसलाई रोक्न जरुरी रहेको बताए । देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गरे ।

सहकारी कुन स्तरका हुन सोहीअनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाइने उनले बताए । अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसद्बाट पास गरेर राष्ट्रपतिलाई बुझाइएको र प्रमाणिकरणसमेत भएको मन्त्री गुरुङले जानकारी दिए। सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमशः अन्य रकम पनि फिर्ता गराउनेतर्फ सरकार लाग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : ०० बजे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

वाशिङ्गटन डिसी – अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ ।