गोरु जुधाइ प्रतियोगिता « Khabarhub

गोरु जुधाइ प्रतियोगिता


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका–२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो । परेवाडाँडाको खड्कागाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ ।

यस्तै सुन्दरबजार–२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका–१० दुधेकुनाका विष्णु रावलको गोरु तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई रु १५ हजार, दोस्रो हुने गोरुधनीलाई रु १० हजार र तृतीय हुने गोरुधनीलाई रु पाँच हजार पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिए ।

लमजुङको परेवाडाँडामा विगत केही वर्षदेखि निरन्तररुपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : २६ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको