हिमाली क्षेत्रमा आज ‘तोल ल्होसार’ पर्व मनाइँदै | Khabarhub Khabarhub

हिमाली क्षेत्रमा आज ‘तोल ल्होसार’ पर्व मनाइँदै


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले नयाँ वर्षका रूपमा आज ‘तोल ल्होसार’ पर्व धुमधामका साथ मनाउँदै छन् ।

प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन विशेष गरी हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा यो पर्व मनाइन्छ ।

तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ ।

तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ ।

तामाङ जातिले आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।

हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ ।

आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ ।

प्रत्येक वर्ष पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार, माघ शुक्ल प्रतिपदामा तामाङ समुदायले सोनाम ल्होसार, फागुन शुक्ल प्रतिपदामा शेर्पा समुदायले ग्याल्बो ल्होसार र फागुन शुक्ल पूर्णिमाका दिन थकाली समुदायले तोरन्ल ल्होसार मनाउने गर्दछन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : ३१ बजे

बलिउडका वरिष्ठ हास्य कलाकार गोवर्धन असरानीको निधन

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता तथा हास्य कलाकार गोवर्धन असरानीको ८४

एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते बनेयता पहिलो पटक

रूपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ

देवदह– जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार

राष्ट्रिय सम्मानसहित विपिनको अन्तिम बिदाइ (तस्बिरहरू)

कञ्चनपुर– हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको

जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका