राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबारदेखि | Khabarhub Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबारदेखि


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी शुक्रबार र शनिबार (पुस १९ र २०) काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा पार्टीका पदाधिकारीबाट सङ्गठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस्तै, अहिले मुलुकमा कायम ब्रम्हलुट र मनपरितन्त्रको विकल्प आन्दोलन भएकाले सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइने उनको भनाइ छ । स्थानीय तहहरूको अधिवेशन, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस सधैँ झैँ भव्यतापूर्वक मनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ११ : ०२ बजे

‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति

काठमाडौं– पेज टर्नर प्रकाशनले अंग्रेजी नयाँ संवतको अवसर पारेर चार

ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत् सुनाए सरकारका ६ महिने उपलब्धि

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको

ओलीको आग्रह – विरोधी र प्रतिक्रियावादीले आरोप लगाउँदा एमालेजन चुप नबसौँ

काठमाडौं- देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएका

चिसो मौसममा सुन्निनबाट हातखुट्टा कसरी जोगाउने ?

अहिले चिसो मौसमको मध्य समय चलिरहेको छ । यो मौसममा

अग्नि सापकोटा भन्छन्- अब माओवादी क्रमभंग गरेर नयाँ दिशातिर जान्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा एजेन्डा