चिसो समयमा ओठ फुट्ने समस्या यसरी समाधान गर्नुहोस् « Khabarhub

चिसो समयमा ओठ फुट्ने समस्या यसरी समाधान गर्नुहोस्


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिसो मौसम शुरु भएसँगै धेरै जनालाई ओठ फुट्ने समस्याले सताउने गर्छ । चिसोमा ओठ फुट्दा घाउ सानो देखिए पनि पीडा निकै हुने गर्छ ।

जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर  ओठ फुट्न सक्ने चिकित्सकहरू बताउँछन् ।

ओठ फुटेपछि  पोल्ने, बोल्न नमिल्ने, खाना खान गाह्रो हुने र ओठबाट रगत समेत बग्न थाल्छ ।

यस कारण फुट्छ ओठ  
– चिसो तथा सुख्खा मौसम
– हरियो सागसब्जी तथा फलफूल नखाँदा
– पानीको मात्रा कम भएर
– कम गुणस्तरको लिपबाम तथा लिपिस्टिक लगाउँदा
– बारम्बार जिब्रोले ओठ चलाउँदा
– जाँडरक्सी र चुरोट धेरै खाँदा

यस्तो समस्याबाट कसरी छुटकारा पाउने त ?
– सबै भन्दा पहिला ओठ फुट्ने समस्या भएका व्यक्तिले ओठलाई बारम्बार जिब्रोले चलाउनु हुँदैन, यसो गर्दा ओठको छाला सुख्खा भइ फुट्ने      गर्छ ।
– बाहिर निस्किँदा चिल्लो पदार्थहरू जस्तै :  मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाउनु पर्छ यसो गरेमा ओठ फुट्ने सम्भावना     कम हुन्छ ।
– यो मौसममा धेरै धुमपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ त्यसैले यस्ता पदार्थबाट टाढा रहनु पर्ने चिकित्सकहरू                बताउँछन् ।
– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ ।
– जाडोमा धेरैले पानी कम खाने गर्ने कारण पनि ओठ लगायत शरीरका छालाहरु फुट्ने गर्छन् त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
– बाहिर बजारमा पाइने विभिन्न प्रकारकf लिपिस्टिक ओठमा लगाउनु हुँदैन ।
– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ५४ बजे

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको