तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : मन्त्री गुरुङ « Khabarhub

तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : मन्त्री गुरुङ


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

मन्त्री गुरुङले बुधबार प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले मन्त्री फेर्ने बताए पनि अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताएका हुन्  ।

गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको भोटक्रसले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताए ।

कोशी घटनाका विषयमा गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको भन्दै उनले यसको च्याप्टर छिटै क्लोज हुने जिकिर गरे । मन्त्री गुरुङले देशको आर्थिक संकट तंग्रिँदै गएको बताउँदै श्रीलंकाजस्तो अवस्था पुग्ने भनेर गरिएका प्रचार अनावश्यक भएको बताए ।

काग्रेस उपसभापति समेत रहेका गुरुङले कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने धारणा राखे । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको उनले बताए।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ३६ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक