बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई  | Khabarhub Khabarhub

बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई 


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौंगत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाबारे बयानका लनगि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ।

बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।  बालकुमारी घटनाको अध्ययन गर्नका लागि पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयले जाँचबुझ आयोग गठन गरेको छ । 

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठन भएको छ । पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन । 

बयानमा ज्वालासँग आन्दोलन स्थलमा जानका कारण तथा अन्य समग्र पक्षको बारेमा बयान लिइने बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’