बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङमा | Khabarhub Khabarhub

बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङमा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौंआईसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बंगलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । 

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस जितेर नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले समूह चरणमा अफागानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेको हो ।

समूह चरणमा नेपाल न्यूजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । बंगलादेशले भने समूह चरणको खेलमा आयरल्याण्ड र अमेरिकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । 

यसअघि नेपाल र बंगलादेश विश्वकपमा दुई पटक आमने सामने भएका छन् । सन् २००२ मा भएको विश्वपकमा नेपालले बंगलादेशलाई २३ रनको पराजित गरेको थियो । त्यस्तै सन् २०१६ को विश्वकपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता छन् । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’