जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने | Khabarhub Khabarhub

जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सदरमुकाम खलंगा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएपछि तयारीमा जुटेको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिएका छन् । 

जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न हुने छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताएका छन् । 

आगामी २०८१ मा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको खेलाडी टोली छनोट हुने छ ।  आउँदो फागुन २४-३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने छ । प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागी रहने आयोजकले जनाएको छ । 

जिल्ला फुटबल सङ्घले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको छ । फागुन ११ गते बेलुका ४ बजेसम्म टोलीको दर्ता गरिसक्नुपर्ने छ । दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटरप्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावलीसहितको पत्र सङ्घको इमेलमा पठाउनुपर्ने महासचिव हमालले बताए।  

जिल्लामा फागुन १०-१४ गतेसम्म प्रदेशस्तरीय ‘रेफ्री’ तालिम पनि हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिमसमेत आयोजना गरिएको सङ्घका महासचिव हमालले जानकारी दिएका छन् । तालिमका लागि प्रत्येक जिल्लाबाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल सङ्घले सिफारिस गरी फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने जनाइएको छ । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ४८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका