नर्भिक हस्पिटलको ओपिडी सेवा शनिबार निःशुल्क  « Khabarhub

नर्भिक हस्पिटलको ओपिडी सेवा शनिबार निःशुल्क 


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । 

स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो । 

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपी सर्जन डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । डा शर्मासँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । 

निःशुल्क ओपिडी सेवा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्राले जानकारी दिए । निःशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निस्शुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ५७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको