आज फलफूल तथा तरकारीको मूल्य कति छ ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १४० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १३० रुपैयाँ, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकन्दर ५० र स्ट्रबेरी २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै, नेपाली ठूलो गोलभेडा र भारतीय ठूलो गोलभेडा ७०, अदुवा २२०, रातो आलु ४४ र रातो भारतीय आलु ३८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली १०, लौका ६०, कागती २४०, लोकल काँक्रो ६०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

समितिले लोकल बन्दा १८, हाइब्रीड सेतो मूला २५ र रातो मूला ४५, लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी २५ रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज ३० र पुदिना १०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २०, भिण्डी ९० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ८ : ५१ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको