आज फलफूल तथा तरकारीको मूल्य कति छ ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १४० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १३० रुपैयाँ, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकन्दर ५० र स्ट्रबेरी २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै, नेपाली ठूलो गोलभेडा र भारतीय ठूलो गोलभेडा ७०, अदुवा २२०, रातो आलु ४४ र रातो भारतीय आलु ३८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली १०, लौका ६०, कागती २४०, लोकल काँक्रो ६०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

समितिले लोकल बन्दा १८, हाइब्रीड सेतो मूला २५ र रातो मूला ४५, लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी २५ रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज ३० र पुदिना १०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २०, भिण्डी ९० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ८ : ५१ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना