रुसी गिरफ्तारी, प्रेस स्वतन्त्रता र मानव अधिकार | Khabarhub Khabarhub

रुसी गिरफ्तारी, प्रेस स्वतन्त्रता र मानव अधिकार


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एक वर्षअघि नै डानीयल ग्रेस्कोभिचले आफ्नै आमाबाट एउटा समाचार सुनेकी थिइन। सो समाचार उनका लागि पत्याउनै कठिन थियो। वाल स्ट्रिट जर्नलका लागि रिपोर्टिङ गर्ने भाइ इभान रुसमा गिरफ्तार भएको थियो। जासुसीको आरोपमा उनलाई गिरफ्तार गरिएको हो। सोही आरोपमा २० वर्षसम्म जेल सजाय पनि हुनसक्ने प्रावधान हुन सक्थ्यो ।

सित युद्धको समाप्तिपछि यसरी पत्रकारमाथि नै ज्यादती भएको यो पहिलो पटक हो। जेलमा रहेका उनले अहिले पनि आफ्ना भावना विभिन्न माध्यमबाट व्यक्त गरिरहेका छन्।

मस्कोबाट एक हजार माइल पर एकाटेरिनवर्ग भन्ने स्थानमा पुगेपछि उनका दुःखका दिन सुरु भए। रिपोर्टिङ गर्ने क्रममा त्यहाँ पुगेका उनलाई रुसको स्थानीय सुरक्षा निकाय एफएसबीको समूहले गिरफ्तार गरेको हो। रुसी अधिकारीले अत्यन्त गोप्य सूचना सङ्कलन गरिरहेको अवस्थामा उनलाई रङ्गे हात पक्रेको जनाएका छन्।

अर्कोतर्फ अमेरिकाले सञ्चारकर्मीमा सक्रिय एक पत्रकारमाथिको ज्यादतीको रूपमा यसलाई लिएको छ। जेलभित्र रहेका इभानका हरेक गतिविधि उनका परिवारलाई थाहा हुन्छ।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन उनले जेलमा नै मानिस भेला गरेर कार्यक्रम गरेका थिए। इभान यत्ति सहयोगी मानिस हुन् कि उनको जीवनलाई नजिकबाट नियाल्ने जो कोही  प्रभावित भइ नै हाल्छ।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन उनले जेलमा नै मानिस भेला गरेर कार्यक्रम गरेका थिए। इभान यत्ति सहयोगी मानिस हुन् कि उनको जीवनलाई नजिकबाट नियाल्ने जो कोही पनि प्रभावित भइ नै हाल्छ।

मस्कोमा उनी गिरफ्तार भएपछि धेरै पटक पत्रकार अदालतको सुनुवाइमा उपस्थित भएका थिए। सोही समयमा धेरै जनाले उनको फोटो पनि लिएका थिए। तर, एक मिनेट भन्दा लामो समय उनलाई नजिकबाट नियाल्ने अवसर कसैले पनि पाएन। त्यसै समयमा देखेका धेरै अनुहार उनलाई कतै चिने जानेको आभास भएको थियो । सञ्चार क्षेत्रमै सक्रिय धेरै जनालाई उनले त्यस क्रममा भेटेका थिए।

एउटा सिसाको कोठामा बन्दी बनाइएको एउटा अमेरिकी सञ्चारकर्मीको रूपमा मस्कोले आफै भिडियो तयार गरेर सार्वजनिक गरेको थियो। यसरी आफै ६ सेकेन्डका भिडियो सार्वजनिक गर्नुबाहेक मस्को प्रशासनले अन्य कुनै पनि भिडियो त्यहाँ बाहिर ल्याएनन्। अन्तिम सुनुवाइमा त पत्रकारलाई समेत अदालतमा प्रवेश गर्न दिइएन। त्यो अन्तिम सुनुवाइपछि इभानलाई हिरासतमा राखेर नै थप मुद्दा चलाइने निर्णय भएको छ।

‘यो वाहियात र काम नै नलाग्ने घटना हो। इभान जासुस होइनन्, उनी त पत्रकार हुन्’ वाल स्ट्रिट जर्नलका सम्पादक एम्मा टक्करले भनिन्। पछिल्लो समय संसारका धेरै पत्रकार रुसमा गएर रिपोर्टिङ गर्न डराउँथे। रुसका बारे धेरै समाचार बाहिर आउन छाडेका थिए। यसै कारण लन्डनमा रहेर काम गरिरहेका इभान यदाकदा रुस जाने गरेका थिए। धेरै पत्रकार रुस जान डराएको समयलाई उनले नयाँ र धेरै समाचार खोजी गर्ने अवसरको रूपमा पनि उपयोग गरेका थिए। उनी एक पटक रुस भ्रमणमा गएपछि दुई या तीन साता उतै बिताउने गरेका थिए।

युक्रेनसँगको युद्धपछि रुसको अर्थतन्त्रमा परेको प्रभाव र त्यसले तल्लो तहको जनजीवनको असरसमेत उनले समाचारको क्रममा लेखेका थिए। उनले यसमा छलाङ नै मारेका थिए। टक्करकै अनुसार भविष्यमा व्यापारिक सम्झौताकै रूपमा प्रयोग गर्ने नीतिले एक अमेरिकीलाई रुसले जेलमा राखेका हो।

यसअघि सन् २०२२ मा रुसले बास्केटबल स्टार ब्रेटनी ग्रिनरलाई बन्दी बनाएको थियो। भाङको तेल झोलामा भएका कारण उनलाई गिरफ्तार गरिएको हो। उनको बदलामा सैन्य गतिविधिमा संलग्न भिक्टर बाउटलाई अमेरिकाले रिहा गरेको थियो।

युक्रेनसँगको युद्धपछि रुसको अर्थतन्त्रमा परेको प्रभाव र त्यसले तल्लो तहको जनजीवनमा पारेको असरलाई उनले समाचारमा लेखेका थिए। भविष्यमा व्यापारिक सम्झौताकै रूपमा प्रयोग गर्ने नीतिले एक अमेरिकीलाई रुसले नियतबस जेलमा राखेको अनुमान गरिएको छ ।

अहिले पनि समुद्रमा काम गर्ने वेलनलाई रुसले बन्दी बनाएको छ। उनी पनि अमेरिकी नागरिक हुन्। सन् २०२० मा उनलाई पनि जासुसको आरोप लगाइएको थियो। उनलाई १६ वर्षको जेल सजाय सुनाइएको छ। इभानको समस्या पनि अघि आइसकेपछि अमेरिकाले वेलनको बारे गरिएको निर्णय गलत भएको जनाएको छ।

यसअघि नै ट्रम्प कार्यकालमा बाउटलाई छाड्ने माथ मस्कोले गरे पनि तत्कालीन समयका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका थिए।

वेलन भने अझ पीडामा छन्। रुसले राखेको बाउटको रिहाइको प्रस्ताव अमेरिकाले पहिले नै स्वीकार गरेको भए सही हुने उनको सोच छ।

गत वर्ष प्रागमा अवस्थित रेडियो लिबर्टीमा काम गर्ने आलु कुर्मासेकेभालाई गिरफ्तार गरिएको थियो। उनले अमेरिकी र रुसी पासपोर्ट लिने गरेकी थिइन्। उनी आफ्नै बिरामी आमालाई भेट्न मस्को गएकी थिइन्।

उनलाई अमेरिकी पासपोर्ट नत्यागेका कारण जरिवाना तिराइएको थियो। पछि घटना यत्तिमा सीमित भएन। रुसको बारे अफवाह फैलाएको तथा रुस युक्रेन युद्धमा रुसको बारेमा गलत सन्देश र सूचना फैलाउन उद्यत रहेको आरोपमा मुद्दा चलाइएको छ। यो आरोप पुष्टि भएमा उनलाई १५ वर्षको जेल सजायसमेत हुनसक्ने छ।

यो गिरफ्तारी पनि राजनीतिक कारणले भएको उनका आफन्त र साथीले बताउने गरेका छन्। ग्रेस्कोभिच परिवार अहिले अत्तालिएको छ। इभानका साथी पनि आत्तिएका छन्। प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताको मुद्दा अहिले पेचिलो बनेको छ। वेलनले अमेरिका, क्यानडा, आयरल्यान्ड र बेलायती पासपोर्ट लिएका कारण उनलाई सबै देशका राजदूतले भेटीसकेका छन्।

इभानको रिहाइका लागि फिनान्सियल टाइम्सकी मस्को संवाददाता तथा इभानकी साथी पोलिना इभानोभाले धेरै प्रयास गरेकी थिइन। सँगै फिल्डमा काम गरिरहेका इभान एकै पटक हराएपछि त उनलाई अत्यास नै लागेको थियो।

मस्कोलाई कार्य क्षेत्र बनाएकी पोलीना पनि अहिले डरले रुस बाहिर पुगेकी छिन्। बाहिर बसेर नै त्यहाँको सूचना सङ्कलन गर्ने काममा उनी सक्रिय छिन्।

इभानको रिहाइका लागि फिनान्सियल टाइम्सकी मस्को संवाददाता तथा इभानकी साथी पोलिना इभानोभाले धेरै प्रयास गरेकी थिइन। सँगै फिल्डमा काम गरिरहेका इभान एकै पटक हराएपछि त उनलाई अत्यास नै लागेको थियो।

गिरफ्तारी अघि इभानले ब्रेटनी ग्रिफरसम्बन्धी समाचार तथा पूर्व अमेरिकी मारिनमार्फत भएको रुसी लागूऔषध कारोबार लगायतका समाचार प्रकाशित भएका थिए। तीनै समाचारका उनी सञ्चार क्षेत्रमा छाएका थिए। रुसी सरकार भने उनीबाट आजित भएको थियो।

पोलीनाकै अनुसार जेल भित्रको अवस्था एकदमै कष्टप्रद थियो। जाडो याममा त रुसी जेलको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म पुगेको थियो।

यसअघि वेलनको रिहाका लागि रुसले बर्लीन पार्कमा भएको हत्यामा संलग्न भादिम कारिस्कोभलाई छुटाउने माग गरेको थियो। यो माग अमेरिकासँग मात्र सम्बन्धित थिएन। सो माग जर्मनीसँग पनि सम्बन्धित थियो। मस्कोमा पाँच वर्ष बिताएका पूर्व सिआइए अपरेटिभ डानीयल हफम्यानकै विचारमा पनि मस्कोको चाहना कुनै पनि शर्तमा आफ्ना अपराधी छुटाएर अनावश्यक लाभ लिने रुसको नियत नै हो।

पछिल्लो समय धेरै रुसी विभिन्न बहानामा विदेशमा गिरफ्तार भएका छन्। गत वर्ष पोल्यान्डमै एकै पटक ६ जना रुसी गिरफ्तार भएका थिए। संसारका जुनसुकै देशमा आफ्ना नागरिक गिरफ्तार भए लाभका लागि अमेरिकीलाई विभिन्न बहनामा गिरफ्तार गर्ने रुसी नियत हो नै। साथै अहिलेका पछिल्लो प्रसङ्गले प्रेस स्वतन्त्रता र मानव अधिकार हननका विषय पनि उठ्न थालेका छन्। स्रोत : बिबिसी, न्यु योर्क टाइम्स

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : १९ बजे

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागूऔषध कारोबारी पक्राउ गर्न

पूर्ण बहादुरको ‘सारङ्गी’मा मुकुन अनुबन्धित

काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

विराटनगर – एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको