भारतीय अभिनेता प्रदीप रावतको निधन « Khabarhub

भारतीय अभिनेता प्रदीप रावतको निधन


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय गरेका अभिनेता प्रदीप रावतको निधन भएको छ । मंगलबार ७४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनको जानकारी लगानमा उनीसँगै अभिनय गरेका अभिनेता यशपाल शर्माले इन्स्टाग्राममार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दिएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार प्रदीप रावतका प्रबन्धक सिद्धार्थ तिवारीले उनको निधनको पुष्टि गरेका छन् । उनका अनुसार रावत क्यान्सरबाट पीडित थिए र रोग पुनः बल्झिएपछि पछिल्लो एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।

प्रदीप रावतको अन्तिम हिन्दी चलचित्र छावा थियो, जुन १४ फेब्रुअरी २०२५ मा प्रदर्शनमा आएको थियो ।

रावतले आफ्नो अभिनय यात्रा बी.आर. चोपडा प्रोडक्सन्सको चर्चित टेलिभिजन शृंखला महाभारतमा अश्वत्थामाको भूमिका निभाएर सुरु गरेका थिए । त्यसपछि उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी भाषाका चलचित्रमा अभिनय गरे ।

उनले नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : ४७ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना