संवैधानिक परिषद बैठक बालुवाटारमा जारी « Khabarhub

संवैधानिक परिषद बैठक बालुवाटारमा जारी


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल भइरहेको छ ।

आजको बैठकले महालेखा परीक्षकको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नसक्ने बताइएको छ ।

यस्तै, बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, निर्वाचन आयोगलगायतमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा पनि छलफल भइरहेको छ ।

१३ वटा संवैधानिक निकायमध्ये अहिले महालेखा परीक्षक, निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्य पद रिक्त छन् ।

परिषदको बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग हिजो साँझ छलफल गरेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ४९ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको