बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन « Khabarhub

बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ ।

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो ।

प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए ।

नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ ।

नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १० : १५ बजे

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी

काठमाडौं-विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन