एकीकृत समाजवादीका कारण गठबन्धनमा समस्या « Khabarhub

एकीकृत समाजवादीका कारण गठबन्धनमा समस्या


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश सरकार भागबन्डाका लागि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गियो ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउन खोजेको भन्दै असन्तुष्टी पोखेका थिए ।

एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने नेपालको अडानका कारण बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

मुख्य गरेर नेपालले सात मध्य एक प्रदेशमा मुख्यमन्त्रीको माग गरेका छन् । राजनीतिक भागबन्डामा पनि सम्मानजनक सहभागी गराउनुपने उनको माग छ ।

मुख्यमन्त्री पाउने विषयमा लिखित सहमति खोजेसागै आजको बैठक अनिर्णित बनेको बताइएको छ । प्रधानमन्त्री पुष्ककमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीले नेपालाई बागमती सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, नेपाल आफ्ना माग पूरा नभए गठबन्धनलाई सहयोग नगर्ने अडानमा देखिएको बताइएको छ ।

गठबन्धनको बैठक मुख्य गरी भोलि विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विषयमा केन्द्रीत भएको थियो । तर समाजवादी यहीँ अवस्थामा विश्वासको मत दिन असमर्थ रहेको बताएपछि बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : १८ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि