अजय देवगनका कारण अविवाहित भइन् तब्बु « Khabarhub

अजय देवगनका कारण अविवाहित भइन् तब्बु


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

मुम्बई । चलचित्र क्रु २९ मार्चमा हलमा रिलिज भएको थियो । यस फिल्ममा करिना कपुर, तब्बु र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् । पुरै फिल्म यी तीनको वरिपरि घुमेको छ । फिल्मले पहिलो दिन विश्वभर बक्स अफिसमा करिब २० करोडको कलेक्सन गरेको छ ।

योसँगै अभिनेत्री तब्बुको कामको पनि निकै तारिफ भइरहेको छ । तब्बु करिना र कृति दुवैभन्दा जेठो भए पनि उनी कुमारी हुन् । यसबारे अभिनेत्रीले धेरै वर्षअघि केही भनेकी थिइन् ।

केही वर्षअघि तब्बु अजय देवगनसँग ‘द कपिल शर्मा शो’ मा आएकी थिइन् । त्यही क्रममा कपिलले उनीसँग बिहे नगर्नुको कारण सोध्दा अभिनेत्रीले यसको पछाडिको रोचक कथा सुनाइन् । यो कथा अजय देवगनसँग सम्बन्धित छ किनभने तब्बु र अजय कलेजका साथी हुन् । उनीहरुले सँगै धेरै फिल्म पनि गरेका छन्, जुन सफल पनि भएका छन् ।

जब कपिल शर्माले तब्बुलाई सोधे, ‘तिमी यति सुन्दर र प्रतिभाशाली छौ, तब तिम्रो जीवनमा अहिलेसम्म किन कोही आएन ? किन बिहे नगरेको ? यो कुरामा तब्बुले अजय देवगनतर्फ औंल्याएर भनिन्, ‘उसलाई सोध ।’

अभिनेत्रीले थप भनिन्, ‘जब कुनै केटा मलाई कलेजमा प्रपोज गर्न आउँथ्यो, अजयले उसलाई म तिम्रो लायक छैन भनी भगाउँथे । त्यसपछि समय बित्दै जाँदा बिहे गर्ने सोचको अन्त्य भयो ।’तर, अभिनेत्रीले हाँस्दै यसो भनिन् । मिडिया रिपोर्टका अनुसार अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए।

धेरै रिपोर्टमा तब्बु कुनै समय साउथ अभिनेता नागार्जुनसँग प्रेममा थिइन् भन्ने पनि बताउँछन् । तर, अभिनेत्रीले यसबारे खुलेर अझै केही पनि भनेकी छैनन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ०३ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी