आइपिएलबाट तीव्र गतिका बलर मयंकको उदय « Khabarhub

आइपिएलबाट तीव्र गतिका बलर मयंकको उदय


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) ले हरेक बर्ष भारतमा नयाँ क्रिकेटरलाई अगाडी ल्याउने गर्दछ । अहिले १७औं सिजन जारी रहदा आइपिएलबाट हार्दिक पाण्डेयदेखि पछिल्लो आइपिएलबाट रिंकु सिंहसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा आएका छन् ।

यसैबीच शनिबार लखनउ सुपर जाइन्टबाट खेल्दै दिल्लीका युवा फास्ट बलर मयंक यादव आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेका छन् । मयंकले शनिबारको खेलमा नियमित रूपमा १५० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा बलिङ गरेर सबैलाई चकित पारेका छन् ।

उनले बलिङ शुरु गर्दै मिडियम पेसका बलर भन्दै खेलको कमेन्ट्री गरिरहेका कमेन्टेटरले परिचय गराएका थिए । तर जब उनले बलिङ शुरु गरे , त्यसपछि उनले १५० भन्दा बढी गतिमा बल फाल्न थालेपछि कमेन्टेटरहरु समेत हैरान हुदै माफी मागेर उनको प्रसंशा गर्न शुरु गरेका थिए ।

४ ओभरमा २७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका मयंक खेलको प्लेयर अफ द म्याच बनेका थिए । मयंकले फालेका २४ बलमा ९ बल १५० किमी प्रति घण्टाभन्दा बढी गतिमा फालेका थिए । पञ्जाब विरुद्धको आफ्नो अविस्मरणीय प्रदर्शन पछि, २१ वर्षीय फास्ट बलर मयंकले आफु दक्षिण अफ्रिकाका पूर्व तिब्र गतिका बलर डेल स्टेन रहेको बताएका छन् ।

लखनऊ सुपरजायन्ट्सले लिलामीमा अनुबन्ध गरेको दुई वर्षपछि उनले आईपीएलमा डेब्यु गरेका हुन् । मयंकलाई लखनउले केवल २० लाखमा किनेको थियो ।युवा फास्ट बलरलाई लखनउ सुपर जायन्ट्सले आईपीएल २०२२ को लिलामीमा २० लाख रुपैयाँको मामूली शुल्कमा अनुबन्ध गरेको थियो । उनले त्यो सिजन एक खेल पनि खेलेनन् । यसपछि उनी चोटका कारण २०२३ को सिजनबाट बाहिरिए । दिल्लीका यी युवा फास्ट बलरले आईपीएल २०२५ को मेगा लिलामीमा धेरै पैसा पाउने अपेक्षा गरिएको छ ।

आइपिएलमा अहिलेसम्म सबैभन्दा तिब्र गतिको बल फाल्ने रेकर्ड अस्ट्रेलियाका शान टेटको नाममा रहेको छ । उनले १५७.७१ किमी प्रति घण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले १५७.३, भारतका उमरान मालिकले १५७, एनरिक नोर्त्जेले १५६.२ र मयंकले १५५.८ किमी प्रति घण्टाको गतिमा बल फालेका छन् ।

अहिलेका भारतका तिब्र गतिका बलर जसप्रित बुमराहको उच्च गति १५३ किमी प्रति घण्टा रहेको छ भने उनको औसत १४२ किमी प्रति घण्टा गरेको छ । मयंकको पहिलो खेलको प्रदर्शनले भारतले यस आइपिएलबाट नयाँ तिब्र गतिको बलर पाउने निश्चित भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ५५ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका