गुल्मीमा एकै दिन तीन वटा शव फेला « Khabarhub

गुल्मीमा एकै दिन तीन वटा शव फेला


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा डुबेको अवस्थामा तीन वटा शव भेटिएका छन्। एक खोल्सामा र दुई शव बडिगाड खोलामा डुबेको अवस्थामा भेटिएका हुन्।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर–६ का ४८ वर्षीय घनश्याम भण्डारी, मुसिकोट नगरपालिका–४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमाल र गुल्मीदरबार गाउँपालिका–२ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो।

भण्डारीको शव आइतबार बिहान सोही गाउँपालिकाको वडा नम्बर–५ को हंसरास्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा फेला परेको हो। मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दैआएका थिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ।

मृतकका श्रीमती, दुई छोरी, १ छोरासहित माइतीघर चितवनमा बस्ने गरेको प्रहरीले जनाएको छ। सन्दीपको शव शनिबार साँझ ५ बजे ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेको छ। उपल्लाखर्कका प्रिन्सको शव आइतबार दिउँसो ११ बजे सोता बडिगाड खोलामा फेला परेको हो।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ८ : ४४ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित