गुल्मीमा एकै दिन तीन वटा शव फेला « Khabarhub

गुल्मीमा एकै दिन तीन वटा शव फेला


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा डुबेको अवस्थामा तीन वटा शव भेटिएका छन्। एक खोल्सामा र दुई शव बडिगाड खोलामा डुबेको अवस्थामा भेटिएका हुन्।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर–६ का ४८ वर्षीय घनश्याम भण्डारी, मुसिकोट नगरपालिका–४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमाल र गुल्मीदरबार गाउँपालिका–२ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो।

भण्डारीको शव आइतबार बिहान सोही गाउँपालिकाको वडा नम्बर–५ को हंसरास्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा फेला परेको हो। मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दैआएका थिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ।

मृतकका श्रीमती, दुई छोरी, १ छोरासहित माइतीघर चितवनमा बस्ने गरेको प्रहरीले जनाएको छ। सन्दीपको शव शनिबार साँझ ५ बजे ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेको छ। उपल्लाखर्कका प्रिन्सको शव आइतबार दिउँसो ११ बजे सोता बडिगाड खोलामा फेला परेको हो।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ८ : ४४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४