अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ पक्राउ | Khabarhub Khabarhub

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ पक्राउ


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्।

उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९एसपी० कुमार विक्रम थापाले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १० : १४ बजे

एफए कप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ

गर्भवतीमा किन हुन्छ उच्च रक्तचापको जोखिम ?

काठमाडौं – गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण समय हो। यो अवस्थामा

म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ

क्यान्सर पीडितलाई पाँच लाख रुपैयाँ हस्तान्तरण

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित

एमाले महाधिवेशन प्रतिनिधि परिषद बैठक जारी रहने

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि