आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ १८ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३१ तारिख। जेठ कृष्ण पक्षको अष्टमी तिथि। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : आफन्तसँगको भेटले समय रमाइलो हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। आफ्नो विषय वा क्षेत्रमा तपाईं सफल बन्ने दिन छ। एउटा काम गर्दा दोहोरो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सुन्दर बन्न मन लाग्नेछ। शेयर कालोबारमा फाइदा हुने देखिन्छ। काम गर्ने जाँगर बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सानो गल्तीले बन्न लागेको काम बिग्रने जोखिम देखिन्छ। चुनौतीको सामना गर्नुपर्ने दिन छ। सामाजिक कामको आलोचना हुनेछ। प्रेममा संकट देखिन सक्छ।

सिंह : समय राम्रो छ। गुमेको धन प्राप्त हुने योग छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। धर्म र परोपकारमा मन जानेछ। सम्मान प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ।

कन्या : दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। भौतिक सुख र सुविधामा मन जानेछ। निरन्तरको मेहनतले सफलता प्राप्त हुनेछ। आर्थिक कारोबार सफल बन्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवाको योग छ।

तुला : जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। जुनसुकै काम गर्ने आत्मविश्वास बढेर जानेछ। शेयर कारोबारमा राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। सोचेका सबै काम बन्नेछन्।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने दिन छ। राज्यको भयले सताउने देखिन्छ। परिवारमा झगडा देख्नुपर्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

धनु : नाम र दाम कमाउने दिन छ। यात्रा सफल बन्नेछ। नयाँ योजना बनाउनु भएमा प्रभावकारी हुनेछ। परिवारको सुख प्राप्त हुनेछ। तपाईंको क्षमताको प्रशंसा हुनेछ। संगीत क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : बोलीको प्रभावमा काम बन्नेछ। तपाईंसँग अरु मानिस प्रभावित हुनेछन्। दिन मनोरञ्जनमा बित्नेछ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भ : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। ठुलो प्रतिष्ठा प्राप्त हुनेछ। न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

मीन : दिन मध्यम छ। जति फाइदा हुन्छ उति नै सम्पत्ति गुम्ने खतरा देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो होला।आर्थिक कारोबारमा सचेत हुनु राम्रो हुन्छ। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। आफ्नो भनिएको साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ५ : १० बजे

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट

‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध

काठमाडौं– काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत