एमालेको राष्ट्रिय महिला भेलामा दुई सय २९ जनाको पाठेघरको क्यान्सर 'स्क्रिनिङ' | Khabarhub Khabarhub

एमालेको राष्ट्रिय महिला भेलामा दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । 

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा  सहभागी ती महिलाहरूको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो  । 

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको  ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको राससलाई जानकारी दिए। उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र  प्राप्त हुने जानकारी दिए।

‘हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ,’ उनले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भने। समय–समयमा पाठेघर र स्तन  परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ६ : १८ बजे

बबरमहल र मीनभवनमा यसरी बन्दैछन् आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारमा जोड दिनुपर्छ : एनपी साउद 

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

झापा– मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान

रातो च्याउको परीक्षण उत्पादन

चितवन– व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन

निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ