झापामा २४ औँ विश्व दूध दिवस मनाइने « Khabarhub

झापामा २४ औँ विश्व दूध दिवस मनाइने


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् ।

नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा बिहीबार पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर – १९ दुवागढीको एनएमसी एग्रो फार्ममा प्रभातफेरि सहित मूल समारोहमा गर्ने बताइएको छ । 

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी टेक्निकल डाइरेक्टर डा. हसना ममैया श्रेष्ठले सबैलाई स्वागत गर्दै नेपालमा सबै सरोकारवालाहरूको साथ र सहयोगमा विगत १५ वर्षदेखि विश्व दूध दिवस मनाउँदै आएको र अब आउने दिनमा पनि यसरी नै साथ र सहयोग पाउने अपेक्षा रहेको बताइन् । 

कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा सबै सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाउने बताए ।

नेपाल डेरी एसोसिएशनले दूध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना  गर्ने गरेको छ । एशोसिएसनले गत जेठ १४ गते काठमाडौंको त्रिरत्न आवासीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दूधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ११ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको