झापामा २४ औँ विश्व दूध दिवस मनाइने « Khabarhub

झापामा २४ औँ विश्व दूध दिवस मनाइने


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् ।

नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा बिहीबार पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर – १९ दुवागढीको एनएमसी एग्रो फार्ममा प्रभातफेरि सहित मूल समारोहमा गर्ने बताइएको छ । 

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी टेक्निकल डाइरेक्टर डा. हसना ममैया श्रेष्ठले सबैलाई स्वागत गर्दै नेपालमा सबै सरोकारवालाहरूको साथ र सहयोगमा विगत १५ वर्षदेखि विश्व दूध दिवस मनाउँदै आएको र अब आउने दिनमा पनि यसरी नै साथ र सहयोग पाउने अपेक्षा रहेको बताइन् । 

कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा सबै सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाउने बताए ।

नेपाल डेरी एसोसिएशनले दूध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना  गर्ने गरेको छ । एशोसिएसनले गत जेठ १४ गते काठमाडौंको त्रिरत्न आवासीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दूधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ११ : ०९ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध