अर्कातिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुँदैन : एनपी साउद | Khabarhub Khabarhub

अर्कातिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुँदैन : एनपी साउद


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरुमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताए ।   

‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त गरौँ । फलानोको कारणले भयो, फलानोको कारणले भएन भन्ने ठाउँ छैन,’ नेता साउदले भने, ‘अर्काको तिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुन सक्दैन ।’

उनले पार्टीलाई मजबुत बनाउन सबै नेताहरू व्यक्तिगत आकांक्षाबाट मुक्त हुनु पर्ने बताए । 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘पार्टी मजबुत बनाउन व्यक्तिगत आकांक्षाबाट पार्टीका सबै नेताहरूले आफूलाई बाहेक राख्नुपर्छ ।’ 

पार्टीको साझा सिद्धान्त बोकेर पार्टीलाई मजबुत बनाउन सकिने र आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल नगरेरै जित्न सकिने उनको भनाइ थियो ।

 ‘पार्टीको साझा सिद्धान्तलाई बोकेर, पार्टीका साथीहरूको साझा भावनालाई बोकेर पूर्वपश्चिम हामीले मार्च गर्न सक्यौँ भने ८४ मा पार्टीलाई बलियो रुपमा स्थापित गर्न सक्छौँ,’ साउदले भने, ‘गठबन्धन नगरेरै जित्न सक्ने अवस्थामा पुग्न सक्छौँ ।’

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १ : ०४ बजे

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला

पर्सामा छठ घाट सजाइयो

वीरगञ्ज– छठ पर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती– लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो

टीकापुर बहृत उद्यान : दुई दिनमा साढे पाँच लाख दस्तुर सङ्कलन

टीकापुर– टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत

गम्भीर विवादमा मन्त्रीको सूचीका खगेन्द्र, अधिवक्ता गौतमलाई भनेका थिए, ‘ठमेलको बारवाली’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा