मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता « Khabarhub

मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ ।

तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्र गरिएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार यस खण्डमा ६० प्रतिशत भन्दाबढी कार्य प्रगति भइसकेको छ ।

‘वैशाख २ गतेदेखि एक सय ५५ दिन म्याद थप गरिएकाले थपिएको म्यादभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाएका छौँ’, इञ्जिनियर पाण्डेले भने । कोरोनाका समयमा निर्माण प्रभावित भएकाले सम्झौताअनुरुप काम सम्पन्न नभएपछि सरकारबाट म्याद थप गरिएको उनले बताए ।

इञ्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् भने दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीन वटा ठूला पुलको काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तारलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ ।

पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडक निर्माण भइरहेको भन्दै हालसम्म २५ प्रतिशत कार्य प्रगति भएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार १५ किमीमा दुई लेनको सडक कालोपत्र भइसकेको छ । राजमार्गअन्तर्गत पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्य ११ निर्माण भइरहेका उनको भनाइ छ ।

‘पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत्का खम्बा हटाइनेछ । हालसम्म राजमार्गको दायाँबायाँ रहेका ५० प्रतिशत भन्दा बढी पोल हटाएर काम भइरहेको छ’, इञ्जिनियर पौडेलले भने । उनका अनुसार तनहुँ खण्डको खैरेनीटारबाट कोत्रेबारीसम्म र कास्कीको कोत्रेपारिबाट तल्लो गगनगौँडासम्म पोल हटाउने काम भइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ५ : ०४ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष