रौतहट ट्राफिक प्रहरीद्वारा आठ दिनमा छ लाख बढी राजश्व संकलन | Khabarhub Khabarhub

रौतहट ट्राफिक प्रहरीद्वारा आठ दिनमा छ लाख बढी राजश्व संकलन


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौहट– रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले नियम विपरीत चलेका सवारी चलाकलाई कारबाही गरेर ८ दिनभित्र ६ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।

जेठ ९ गते देखि लिएर १७ गतेसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी नियम विपरीत चलेका सवारी चालकलाई कारबाही गरेको हो ।

ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारबाही गरेर जरिवाना स्वरूप ६ लाख ३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको  जिल्ला प्रहरी  रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छन् ।

पछिल्लो समय रौतहटस्थित ट्राफिक प्रहरीको सक्रियताले राजश्व संकलनमा वृद्धि हुनुका साथै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।

हाल जिल्ला सदरमुकाम गौर, गरुडा, सुकदेव चौक, बम नहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, मौलापुर, विजयपुरलगायत ग्रामीण भेगमा समेत ट्राफिक प्रहरी क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ६ : ०५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले