अवैध लागूऔषधसहित कञ्चनपुर र पाँचथरबाट तीन जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित कञ्चनपुर र पाँचथरबाट तीन जना पक्राउ


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय विक्रम सेरालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका-४ गढी बस्ने २३ वर्षीय सरोज पदालुङ लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित बिहीबार दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ बरडाँडा बस्ने २३ वर्षीय चुक्से भन्ने दिल बहादुर राईबाट खरिद गरी ल्याएको भनी खुल्न आएपछि राईको घर तलासी गर्दा थप ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी राईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : २९ बजे

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव