मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेपछि बालेनको सिंगापुर भ्रमण रद्ध « Khabarhub

मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेपछि बालेनको सिंगापुर भ्रमण रद्ध


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् ।

यही जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए ।

उक्त पत्रअनुसार संघीय सरकारको  मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो।

सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिटमा सहभागी हुन मेयर साह जाने तालिका थियो । तर नयाँ आर्थिक वर्षको बजेट निर्माणमा समय  दिनुपरेपछि उनले सिंगापुर नजाने निर्णय लिएका थिए ।

सिंगापुर जान अनुमति मागेपछि नजाने निर्णय गरेका उनले तर त्यसबारे संघीय सरकारलाई जानकारी दिएका थिएनन्।  साहले सिंगापुर जाने कार्यक्रम रद्ध भएको जानकारी नदिँदा मन्त्रिपरिषद्ले शुक्रबार निर्णय गरेको थियो ।

बालेनको भ्रमणबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी शुक्रबार सरकारकी प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले दिएकी थिइन् ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले मेयर साह नजाने भएपछि अब उक्त समिटमा काठमाडौं महानगरपालिकाको सहभागिता नरहने बताए ।

‘केही समयअघि नै भ्रमण अनुमतिका लागि पत्र लेखिएको हो’, अधिकारीले भने, ‘तर बीचमा  नजाने निर्णय भएको थियो । त्यसबारे जानकारी गराउन नपाएकाले संघीय सरकारबाट निर्णय भएर आएछ। सिंगापुर जाने मेयरको कार्यक्रम यसअघि नै रद्ध भइसकेको छ ।’

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ७ : ५१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित