सङ्खुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने | Khabarhub Khabarhub

सङ्खुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

जिल्ला ब्याडमिन्टन सङ्घले आज खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०/६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५/३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरी, भेट्रान्सतर्फ रु ५०/५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३०/३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी-१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : ३५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’