मलाइका अरोरा र अर्जुन कपुरको प्रेम सम्बन्ध टुट्यो « Khabarhub

मलाइका अरोरा र अर्जुन कपुरको प्रेम सम्बन्ध टुट्यो


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड नायिका मलाइका अरोरा र नायक अर्जुन कपुरले प्रेम सम्बन्ध टुङ्ग्याएका छन् । भारतीय मिडिया पिंकभिल्लाको दाबीअनुसार उनीहरुले सहमतिमै प्रेम सम्बन्ध टुङ्ग्याएका हुन् ।

अर्जुन र मलाइकाको सम्बन्ध टुट्नुको कारण भने खुलेको छैन । यद्यपि उनीहरुले सहमतिमै सम्बन्ध तोडेको बताइएको छ । यो घटनापछि मिल्ने साथीकै रुपमा सार्वजनिक हुने गरी उनीहरुले छुटिएका हुन् ।

दुवैले सम्बन्धको बारेमा बोलेका छैनन् । उनीहरुले यसबारे सार्वजनिक स्थानमा मयार्दित भएर प्रस्तुत हुने सहमति भएको छ ।

डिभोर्सी नायिका मलिकासँग अर्जुन पछिल्लो पाँच वर्षदेखि खुलारुपमा प्रेम सम्बन्ध थिए । ४५ वर्षको जन्मदिनमा मलाइकाले प्रेमसम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

मलाइका र अर्जुनबीच १२ वर्षको उमेर अन्तर छ । यही कारण यो जोडी आलोचनाको सिकार बन्ने गरेको थियो । मलाइका नायक सलमान खानका भाइ अरबाजको पूर्वपत्नी हुन् । मलाइका र अरबाजको २१ वर्षीय छोरा छन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ८ : ५१ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ