डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक | Khabarhub Khabarhub

डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक भएको छ । शिव परियारको स्वर र टेकेन्द्र नेपालीको संगीत र साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा ध्रुव न्यौपाने, विपना बुढाथोकी, रोनीश खड्का, कुमार भारतीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । गीतमा अहंकार त्यागौं सँगै बाँचौं भन्ने सन्देश व्यक्त गरिएको छ ।

डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

 

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १० : ०८ बजे

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको