रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न « Khabarhub

रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट  – रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशाला सम्पन्न भएको छ। बिहीबार गौरको जिमार्ट् होटेलमा समुदायमा आधारित बाढी पूर्वसुचना प्रणाली दिगोपनको लागि सरोकारवालाहरुबीच सम्झौता तथा मनसुनजन्य विपद व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशाला कार्यक्रम समपन्न भएको हो।

माण्डवीद्धारा आयोजित तथा ईसिमोडको आर्थिक तथा प्राविधिक सहयोगमा रौतहट जिल्लामा एचआईग्रीड परियोजना अन्तर्गत आयोजित अन्तरकृया कार्यक्रमबिच विपत व्यवस्थापन सम्बन्धी छलफल र सम्झौता पश्चात कार्यक्रम समपन्न भएको आयोजक संस्थाकी अध्यक्ष अन्जु झाले जानकारी दिएकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादवले विपद् व्यवस्थापन लागि माण्डवीले देखाएको तत्परता र हार्दिकताको लागि आयोजक माण्डवीलाई धन्यावाद ज्ञापन गर्दै विपद व्यवस्थापन लागि आफुबाट हुने सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रौतहटको प्रमुख जिल्ला अधिकारी हिराला रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई समापन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले एचआई ग्रीड परियोजनाको महत्व बारे जानकारी गराउदै भविष्यमा यसको दिगोपनाका लागि हामी सबै सरोकारवालाहरु एकजुट भई लाग्नु पर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहट ,जिल्ला समन्वय समिति रौतहट ,गौर नगरपालिका ,ईशनाथ नगरपालिका ,राजपुर नगरपालिका ,परोहा नगरपालिका ,देवाहि गोनाहि नगरपालिका ,बौधीमाई नगरपालिका ,गुजरा नगरपालिका ,मौलापुर नगरपालिका ,कटहरिया नगरपालिका ,राजदेबी नगरपालिका,माधव नारायण नगरपालिका,यमुनामाई गाउँपालिका ,माण्डबी र अन्तरास्ट्रीय एकीकृत पर्वतिय बिकास केन्द्र (ईसिमोड)बीच लालबकैया नदि जलाधार क्षेत्रमा समुदायमा आधारित बाढि पूर्वसूचना प्रणालीको दिगो संचालनको लागि सम्झदारी पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा भएको सम्झौता अनुरुप सबै पालिकाले बजेट विनियोजन गर्नेमा सहभागी नगर प्रमुख, उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले प्रतिबद्धता र जोड दिएका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १० : २९ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण