‘सहकारीको संस्थागत पुनः संरचनाले मात्रै समस्या समाधान हुन्छ’ « Khabarhub

‘सहकारीको संस्थागत पुनः संरचनाले मात्रै समस्या समाधान हुन्छ’


१८ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ललितपुर – वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनः संरचना गर्नुपर्ने वक्ताहरुले सुझाएका छन् ।

शुक्रबार सहकारी केन्द्र नेपालले ललितपुरमा आयोजना गरेको ‘सहकारी अभियान,संकटका कारण र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले कानुनी तथा नीतिगत अस्पष्टताका कारण सहकारी क्षेत्रमा समस्या देखिएकाे बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणी पाेखरेलले कार्यपत्र सार्वजनिक गर्दै सहकारी क्षेत्रलाई लयमा ल्याउन संस्थागत पुनः संरचनाको विकल्प नरहेको बताएका छन् । पार्टी सहकारी विभाग इन्चार्जसमेत रहेका पोख्रेलले सहकारी ऐनलाई संशोधन गरि ४७ भन्दाबढी ऐन बनाउन बाँकी रहेको बताउँदै भने,“कानुन फितलो हुनुको परिणाम सहकारीमा खुलेआम लुट मच्चिएको छ, अझ भनौं कर्मचारीले घुस लिएर सेटिङमा यो क्षेत्र ध्वस्त पारेका छन् ।”

नेकपा एमालेका नेता तथा सहकारी विभाग इन्चार्ज खगराज अधिकारीले पोख्रेलको स्थानिय तहमा रहेका सहकारीहरुमा मात्रै समस्या भन्दा पनि केन्द्रीय संघहरुमै समस्या रहेको बताए । उनले भने,“हाम्रोमा नियम मिच्नेमा केन्द्रीय सहकारी संघ नै अग्र भागमा छन्, त्यति मात्रै हैन सहकारीहरुले एकले अर्कालाई सहयोग हैन, खुट्टा कसरी तान्ने भन्ने प्रवृत्ति हावी छ ।”

गण्डकी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले ऋण लिने अनि नतिर्नेहरुलाई कड भन्दा कडा दण्ड सजायको व्यवस्था गर्नु पर्ने बताएका छन् । सो कार्यक्रममा नेपाली काँग्रेसका नेता देबेन्द्रराज काँडेलले समय अभावकोे कारण उपस्थिति हुननसके पनि सहकारी सुद्धीकरण अभियानमा आफू र आफ्नो पार्टीको एकेबद्दता रहेको सन्देश पठाएका थिए ।

आयोजक सहकारी केन्द्र नेपालकी अध्यक्ष पार्वती थापाले अध्यक्षता गरेको सो कार्यक्रमलाई महासचिव इश्वरी प्रसाद पाण्डेले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १० : ३९ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा