पेरिस पाराओलम्पिकमा कांस्य जितेकी पलेशाको चौतर्फी प्रशंसा « Khabarhub

पेरिस पाराओलम्पिकमा कांस्य जितेकी पलेशाको चौतर्फी प्रशंसा


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको पेरिसमा जारी पाराओलम्पिको तेक्वान्दोतर्फ नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाएकी पलेशा गोवर्धनको चौतर्फी प्रशंसा भएको छ । सर्वसाधारणदेखि दलका शीर्ष नेतासम्मले पलेसालाई बधाई दिएका हुन्‌ ।

पलेसाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको खेलमा शुक्रबार सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन्‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सामाजिक सञ्‍जाल फेसबुकमा लेखेकाा छन्‌, ‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई !’

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि फेसबुकमै ‘नेपालकी पलाशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा हिमाली एसियाली राष्ट्रबाट पदक जित्ने पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन् । पलासालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ’ लेखेका छन्‌ ।

अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि फेसबुकमा ‘पलेशा गोवर्धनको ऐतिहासिक उपलब्धि नेपालका लागि गर्वको विषय हो’ लेखेका छन्‌ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ६ : ३९ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ