पेरिस पाराओलम्पिकमा कांस्य जितेकी पलेशाको चौतर्फी प्रशंसा « Khabarhub

पेरिस पाराओलम्पिकमा कांस्य जितेकी पलेशाको चौतर्फी प्रशंसा


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको पेरिसमा जारी पाराओलम्पिको तेक्वान्दोतर्फ नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाएकी पलेशा गोवर्धनको चौतर्फी प्रशंसा भएको छ । सर्वसाधारणदेखि दलका शीर्ष नेतासम्मले पलेसालाई बधाई दिएका हुन्‌ ।

पलेसाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको खेलमा शुक्रबार सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन्‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सामाजिक सञ्‍जाल फेसबुकमा लेखेकाा छन्‌, ‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई !’

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि फेसबुकमै ‘नेपालकी पलाशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा हिमाली एसियाली राष्ट्रबाट पदक जित्ने पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन् । पलासालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ’ लेखेका छन्‌ ।

अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि फेसबुकमा ‘पलेशा गोवर्धनको ऐतिहासिक उपलब्धि नेपालका लागि गर्वको विषय हो’ लेखेका छन्‌ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ६ : ३९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र