ती ४० हजार जापानी- जसको अन्तिम क्षणमा कोही भएनन्‌ | Khabarhub Khabarhub

ती ४० हजार जापानी- जसको अन्तिम क्षणमा कोही भएनन्‌


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको राष्ट्रिय पुलिस एजेन्सीले जीवनको अन्तिम क्षणमा सुनसान घरभित्र एक्लै जीवन त्यागेका नागरिकहरूको अत्यासलाग्दो तथ्याङ्क सार्वजनिक गरेको छ ।

४० हजार नागरिकले प्राण त्याग्दै गर्दा उनीहरूको घरमा कोही नभएको, चार हजार मानिसको शव उनीहरूको मृत्यु भएको एक महिनापछि मात्रै सङ्कलन गरिएको र १३० जनाको शव एक वर्षसम्म नभेटिएको रिपोर्टमा उल्लेख छ ।

वयोवृद्ध नागरिकहरूको जनसङ्ख्या अधिक रहेको जापानलाई बुढ्यौलीले ग्रस्त देश भनिन्छ । संयुक्त राष्ट्र संघका अनुसार प्रतिशतका हिसाबले जापान यतिखेर विश्वमै सबैभन्दा धेरै वृद्ध उमेरका मानिस भएको मुलुक हो । ती वृद्धवृद्धाहरू जीवनको अन्तिम क्षणमा समेत एक्लै पर्ने गर्छन्‌ ।

घट्दो जनसङ्ख्या, वृद्धहरूको बढ्दो सङ्ख्या र व्यस्त जीवनशैलीका कारण एक्लोपनले जापानलाई नराम्ररी गाँजेको छ । सन्‌ २०२३ मा जापानको जनसङ्ख्या करिब १२ करोड ४३ लाख थियो । एकै वर्षमा त्यहाँको जनसङ्ख्या कम्तिमा ५ लाख ९५ हजारले घटेको पाइएको थियो । ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नै ३ करोड ६३ लाखभन्दा बढी थियो ।

तस्विर- सीएनएन

एक्लिएका नागरिकहरूको मृत्यु र शव सङ्कलनको तथ्याङ्कले देशमा बढ्दो वृद्ध जनसंख्याको समस्या उजागर हुने जापान प्रहरीले अपेक्षा गरेको छ । जापानमा एक्लै जिउने र मर्ने बेलामा पनि एक्लै पर्ने बाध्यात्मक अवस्थालाई निकै क्रुर हालत मानिन्छ । तर, जनसाङ्खिकीय परिवर्तनले यो अवस्था झन्‌ खराब बनाइरहेको छ ।

राष्ट्रिय पुलिस एजेन्सीको तथ्याङ्कमा उल्लेख भएअनुसार; त्यहाँ ३७ हजार २२७ जनालाई उनीहरूकै घरमा मृत पाइएको थियो । यी मध्ये ७० प्रतिशत मानिसहरू ६५ या सो भन्दा बढी उमेरका थिए ।

जीवनको अन्तिम क्षणमा एक्लै परेर ज्यान गुमाएकामध्ये करिब ४० प्रतिशतको शव उनीहरूको मृत्यु भएको एक दिनपछि भेटिएको थियो । तीन हजार ९३९ जनाको शव उनीहरूको प्राण गएको एक महिनापछि मात्रै फेला परेको प्रहरीले जनाएको छ ।

जापानी सरकारी टेलिभिजन नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्याङ्क बेवारिस शवहरू जाँच गरिरहेको सरकारी समूहलाई दिनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ५ : ४० बजे

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति