ती ४० हजार जापानी- जसको अन्तिम क्षणमा कोही भएनन्‌ « Khabarhub

ती ४० हजार जापानी- जसको अन्तिम क्षणमा कोही भएनन्‌


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको राष्ट्रिय पुलिस एजेन्सीले जीवनको अन्तिम क्षणमा सुनसान घरभित्र एक्लै जीवन त्यागेका नागरिकहरूको अत्यासलाग्दो तथ्याङ्क सार्वजनिक गरेको छ ।

४० हजार नागरिकले प्राण त्याग्दै गर्दा उनीहरूको घरमा कोही नभएको, चार हजार मानिसको शव उनीहरूको मृत्यु भएको एक महिनापछि मात्रै सङ्कलन गरिएको र १३० जनाको शव एक वर्षसम्म नभेटिएको रिपोर्टमा उल्लेख छ ।

वयोवृद्ध नागरिकहरूको जनसङ्ख्या अधिक रहेको जापानलाई बुढ्यौलीले ग्रस्त देश भनिन्छ । संयुक्त राष्ट्र संघका अनुसार प्रतिशतका हिसाबले जापान यतिखेर विश्वमै सबैभन्दा धेरै वृद्ध उमेरका मानिस भएको मुलुक हो । ती वृद्धवृद्धाहरू जीवनको अन्तिम क्षणमा समेत एक्लै पर्ने गर्छन्‌ ।

घट्दो जनसङ्ख्या, वृद्धहरूको बढ्दो सङ्ख्या र व्यस्त जीवनशैलीका कारण एक्लोपनले जापानलाई नराम्ररी गाँजेको छ । सन्‌ २०२३ मा जापानको जनसङ्ख्या करिब १२ करोड ४३ लाख थियो । एकै वर्षमा त्यहाँको जनसङ्ख्या कम्तिमा ५ लाख ९५ हजारले घटेको पाइएको थियो । ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नै ३ करोड ६३ लाखभन्दा बढी थियो ।

तस्विर- सीएनएन

एक्लिएका नागरिकहरूको मृत्यु र शव सङ्कलनको तथ्याङ्कले देशमा बढ्दो वृद्ध जनसंख्याको समस्या उजागर हुने जापान प्रहरीले अपेक्षा गरेको छ । जापानमा एक्लै जिउने र मर्ने बेलामा पनि एक्लै पर्ने बाध्यात्मक अवस्थालाई निकै क्रुर हालत मानिन्छ । तर, जनसाङ्खिकीय परिवर्तनले यो अवस्था झन्‌ खराब बनाइरहेको छ ।

राष्ट्रिय पुलिस एजेन्सीको तथ्याङ्कमा उल्लेख भएअनुसार; त्यहाँ ३७ हजार २२७ जनालाई उनीहरूकै घरमा मृत पाइएको थियो । यी मध्ये ७० प्रतिशत मानिसहरू ६५ या सो भन्दा बढी उमेरका थिए ।

जीवनको अन्तिम क्षणमा एक्लै परेर ज्यान गुमाएकामध्ये करिब ४० प्रतिशतको शव उनीहरूको मृत्यु भएको एक दिनपछि भेटिएको थियो । तीन हजार ९३९ जनाको शव उनीहरूको प्राण गएको एक महिनापछि मात्रै फेला परेको प्रहरीले जनाएको छ ।

जापानी सरकारी टेलिभिजन नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्याङ्क बेवारिस शवहरू जाँच गरिरहेको सरकारी समूहलाई दिनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ५ : ४० बजे

बुटवलमा ई-रिक्साको धर्ना (तस्बिरहरू)

काठमाडौं– बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै

एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते

काठमाडौं– देशभर एकै दिनमा भएका विभिन्न विपद्का घटनामा परी ७

रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते

एजेन्सी– रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको

लागूऔषधसहित पाँचजना पक्राउ

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध

कर्णाली राजमार्गस्थित गगने खोलामा सडक पुनः अवरुद्ध

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा