आजको मौसम पूर्वानुमान : केही प्रदेशमा दिनभर मुसलधारे वर्षा हुने « Khabarhub

आजको मौसम पूर्वानुमान : केही प्रदेशमा दिनभर मुसलधारे वर्षा हुने


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।

हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ४५ बजे

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय