रातभरको भारी वर्षाले काठमाडौंमा बाढी (फोटो फिचर) « Khabarhub

रातभरको भारी वर्षाले काठमाडौंमा बाढी (फोटो फिचर)

सतर्कता अपनाउन विभागको अनुरोध


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातभरको भारी वर्षाले काठमाडौंमा बाढी आएको छ। काठमाडौं महानगरपालिका ३२ नरेफाँट क्षेत्रमा बाढी पसेको हो। मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ। बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो। बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँमा समेत क्षति गरेको छ।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ।

विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्