फाइल फोटो

समाचार

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

By खबरहब

July 31, 2024

चितवन– नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारिसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३-७४ मा पाँचवटा, २०७४-७५ मा चारवटा, २०७५-७६ मा चारवटा सवारिसाधन बेपत्ता भएका हुन् ।

आव २०७६-७७ मा एउटा, २०७७-७८ मा एउटा, २०७९-८० मा एउटा र २०८०-८१ मा पाँचवटा सवारिसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३-७४ मा १४, २०७८-७९ मा चार र २०८०-८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३-७४ देखि आव २०८०-८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारिसाधन दुर्घटनामा परेका हुन् ।

-राससबाट