भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो  « Khabarhub

भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो 


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

टक्सार–  बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । 

भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए।

इखुवा खोलाको बाढीले मंगलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारूसँगै बगेका २६ वर्षीय श्यामकुमार थारू हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए । 

यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको  अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ । 

यसैबीच मंगलबार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । 

बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए.। बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् ।

बाढीले निर्मलाको घर, ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ०८ बजे

२० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध