शरणार्थी क्याम्पमा जन्मेका इस्माइल हानिया प्यालेस्टाइनलाई अलग्गै देश बनाउन चाहन्थे | Khabarhub Khabarhub

शरणार्थी क्याम्पमा जन्मेका इस्माइल हानिया प्यालेस्टाइनलाई अलग्गै देश बनाउन चाहन्थे


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलसँग युद्ध लडिरहेको प्यलेस्टिनी विद्रोही समूह हमासको राजनीतिक शाखा प्रमुख इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ ।

इरानी सेनाको रिभोल्युशनरी गार्ड्सले पनि घटनाको पुष्टि गरेको छ । रिपोर्ट्अनुसार तेहरानस्थित इस्माइल हानियाको घरमा हमला भएको हो ।

जसका कारण अंगरक्षकसमेत इस्माइल हानियाको मृत्यु भएको हो । हमासले पनि इस्माइल हानियाको हत्याको कुरा स्वीकारेको छ । उसले यो हमलामा इजरायलको हात रहेको जनाएको छ।

इस्माइल हानियाकको हत्याको आरोप इजरायलमाथि लागेको छ। तर अहिलेसम्म इजरायलले उक्त घटनालाई लिएर कुनै प्रतिक्रिया दिएको छैन । इस्माइल हानियालाई सन् २०१८ मा अमेरिकाले आतंकवादी घोषित गरिदिएको थियो ।

को थिए इस्माइल हानिया ?

इस्माइल हानिया हमासको राजनीतिक शाखाका प्रमुख थिए। सन् २००६ मा प्यालेस्टाइनको आमचुनावमा हमासको जीतपछि हानियाले संगठनमा प्रभाव बढाएका थिए ।

उनलाई गाजा पट्टीमा प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री नियुक्त गरिएको थियो । यस क्रममा इजिप्टबाट गाजापट्टी गरिने आयातित वस्तुमा भारी कर लगाएर हानियाले आफ्नो सम्पत्ति कयौँ गुणा बढाएका थिए ।

सन् २०१४ मा हमासद्वारा सबै व्यापारमा २० प्रतिशत कर लगाउने घोषणा भएको थियो । एक रिपोर्टमा बताइएअनुसार यिनै करका कारण हमासका १७ सय शीर्ष कमान्डर करोडपति भए ।

इजरायलमाथि सन् २०२३ अक्टोबर ७ मा भएको हमलाका पछाडि इस्माइल हानियाको अहम भूमिका थियो । यही कारण इस्माइल हानिया इजरायली सुरक्षा बलको निशानामा थिए । इस्माइल हानिया कतारमा रहने गर्थे । इजरायलमाथि ७ अक्टोबरमा भएको हमला उनले कतारस्थित कार्यालयमा बसेर देखेको बताइन्छ । उनले तत्कालै उक्त हमलाको समर्थन गरेका थिए ।

इस्माइल हानियाको यात्रा

इस्माइल हानियाको जन्म २९ जनवरी १९६२ मा गाजा पट्टीको शाती शरणार्थी शिविरमा भएको थियो ।

इजरायल र प्यालेस्टाइनबीच गाजा पट्टी निरन्तर विवादको कारण बनेको छ । यस्तोमा गाजा पट्टीमा रहने क्रममा इस्माइल हानियाको मनमा प्यालेस्टाइनलाई अलग्गै देश बनाउने सोच आयो ।

इस्माइल हानियाको ठूलो परिवार छ । उनको परिवारमा १३ जना छोराछोरी छन् । तर पछिल्ला दिन इजरायलले गरेको हमलाका क्रममा उनका तीन छोरासहित परिवारका अन्य सदस्य मारिएका छन् ।

इस्माइल हानियाले गाजाको इस्लामिक युनिभर्सिटीबाट अरब साहित्यमा स्नातक गरेका थिए । युनिभर्सिटीमा पढाईका क्रममा उनी हमासको सम्पर्कमा पुगे ।

इस्माइल हानिया, मुस्लिम ब्रदरहुडसँग पनि जोडिए । उनले युनिभर्सिटीमा मुस्लिम ब्रदरहुडको छात्र परिषद प्रमुखको भूमिका पनि निभाए ।

इरानी राष्ट्रपतिसँग इस्माइल हानिया

अनि हमासमा जोडिए

इस्माइल हानिया ९० को दशकमा हमाससँग जोडिएका थिए । उनी शुरुआतमा हमासको च्यारिटेबल गतिविधिमा सक्रिय भए । त्यसपछि हमासको राजनीतिक शाखामा काम थाले ।

समयसँगै हमासमा हानियाको भूमिका र महत्व बढ्दै गयो । त्यही क्रममा उनीमाथि हमासका शीर्ष नेताहरूको पनि नजर पर्न थाल्यो ।

सन् २००६ मा गाजामा भएको चुनावमा हमासलाई जित मिल्यो । इस्माइल हानियालाई प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री बनाइयो ।

हानिया प्रधानमन्त्री बनेपछि गाजामा प्रतिद्वन्द्वी संगठन फतहसँग हमासको मतभेद बढ्यो । सन् २००७ मा हिंसक संघर्षपछि फतहले गाजा पट्टीको क्षेत्र खाली गर्न बाध्य भयो । त्यसपछि फतह वेस्ट बैंकमा मात्रै सीमित भयो । फतहले गाजा छोडेपछि त्यहाँ हमासलाई चुनौती दिने कोही बचेन ।

त्यसपछि हमास र इजरायलबीच संघर्ष बढ्यो। इस्माइल हानिया बितेका केही वर्षदेखि हमास र फतहबीच वार्ता गराउने कुरामा जुटेका थिए ।

अब इस्माइल हानियाको मृत्युका कारण हमासलाई ठूलो धक्का लागेको छ । यसलाई इजरायलको सुरक्षा बलको ठूलो सफलताका रुपमा ब्याख्या गरिएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ३३ बजे

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको