बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा क्षति पुर्‍याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराइका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग बढिले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

पुल सानो भएकोले पानीको बहाव बढेपछि थेग्न नसकेर दक्षिणतिरको सडकको ५–६ फिट भाग बढिले बगाएको छ ।

प्रहरी निरीक्षक भट्टराइका अनुसार राजमार्ग अवरुद्ध रहे पनि गाडीहरूलाई डाइभर्सन गरेर पठाइँदै छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प भएको थियो । राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ ।

माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरी निरीक्षक रामभक्त भट्टराइले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ४१ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३