बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध « Khabarhub

बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा क्षति पुर्‍याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराइका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग बढिले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

पुल सानो भएकोले पानीको बहाव बढेपछि थेग्न नसकेर दक्षिणतिरको सडकको ५–६ फिट भाग बढिले बगाएको छ ।

प्रहरी निरीक्षक भट्टराइका अनुसार राजमार्ग अवरुद्ध रहे पनि गाडीहरूलाई डाइभर्सन गरेर पठाइँदै छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प भएको थियो । राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ ।

माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरी निरीक्षक रामभक्त भट्टराइले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ४१ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले